७ आश्विन २०८३, बुधबार | September 23, 2026

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश



काठमाडौं । बेलायतका लागि २२ औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिईन् ।

सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल प्राकृतिकरूपमा सुन्दर रहेको समेत बताएको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट महारानी र बेलायती जनताको सुस्वास्थ्यको कामनासहितको शुभकामना सन्देश सुनाएका थिए ।

सो अवसरमा उनले बेलायत र नेपालको सम्बन्ध २०० वर्ष पुगेकामा आफूलाई खुसी लागेको र बेलायतले कोभिडको महामारीमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि थप सहयोग प्राप्त हुने आशा गरेको दूतावासका प्रवक्ता रोशन खनालले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११