१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

चीनको चिन्ता नेपालमा आईपीएसको हस्तक्षेप कसरी रोक्ने भन्ने छ – देव गुरुङ



माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको दुई महिनापछि उनी चीन गएका थिए ।

२०७४ मा एकता भएको कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न भएको तथा एमालेविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससहितका दलसँग निर्वाचनमा तालमेल गर्ने सहमति भएका बेला गुरुङको चीन भ्रमणलाई लिएर चासो बढेको हो । नेता गुरुङसँग नेपाल मामिलामा चीनको चासो, चिन्तासँगै कम्युनिस्ट पार्टीहरूको एकतालगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंशः

चीन भ्रमण कस्तो रह्यो ?

चीन भ्रमण मूलभूत रूपमा राम्रो रह्यो । ‘चाइना फाउन्डेस फर पिस एन्ड डेभलपमेन्ट’ भन्ने संस्थाको आमन्त्रणमा म गएको थिएँ । एउटा अन्तरक्रियाको आयोजना भयो । अन्तरक्रियाको मूल विषयवस्तु शान्ति र विकासका लागि जोड दिनुपर्छ भन्ने थियो । कोभिड महामारीको समयमा शान्ति र विकासको प्रक्रियामा अवरोध पैदा भयो, अब सबै मिलेर कोभिड नियन्त्रण गर्ने क्रममा छ भन्ने कुरा भयो ।

नेपाल मामिलामा चीनले धेरै नै चासो देखाएको भन्ने चर्चा छ नि ?

अमेरिकाले ‘इन्डो प्यासिफिक’ (हिन्द-प्रशान्त) क्षेत्रमा रणनीतिक अभियान सुरू गरिराखेको छ । त्यसले यस क्षेत्रको शान्ति र विकासमा गम्भीर असर पार्ने देखिन्छ, द्वन्द्व निम्त्याउन सक्ने खतरा छ । परिणामतः असुरक्षा र अशान्ति निम्तिन सक्ने भन्दै चीनले चिन्ता व्यक्त गर्‍यो । एमसीसीमा मुख्य चासो रह्यो ।

आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी)ले हिन्द-प्रशान्त क्षेत्रमा यहाँको शान्ति सुरक्षा, विकास र समृद्धिको क्षेत्रमा युद्ध आतंक खडा गरेर शान्ति र विकासलाई अवरुद्ध पार्न सक्ने खतरा चाहिँ छ भन्ने पनि चीनको चिन्ता रहेछ ।

बिहान-दिउँसो-साँझ खानपिन र चियापानको समयमा अनौपचारिक कुरा सुन्दा आईपीएसको एउटा अंग एमसीसी पास गर्ने÷नगर्ने तपाईंहरूकै कुरा रह्यो । तर, पास गर्दा आईपीएसको लागि बाटो खुल्यो । अब, १२ बुँदे व्याख्यात्मक घोषणाले रोक्ने त देखिन्छ । तर, १२ बुँदे सम्झौतालाई अमेरिकाले मान्ने सम्भावना देखिँदैन । किनभने अमेरिकाले थुप्रै अन्तर्राष्ट्रिय सन्धिलाई उल्लंघन गरिरहेको छ ।

भनेपछि १२ बुँदे व्याख्यात्मक घोषणा चाहिँ अमेरिकाले मान्ला कि नमान्ला ? प्रश्नवाचक चिह्न छ । त्यो स्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणाले आईपीएसको हस्तक्षेपलाई रोक्न सक्छ कि सक्दैन ? यसमा चीनको चिन्ता पाइयो ।

उसो भए चीन एमसीसी पास भएकोमा चिन्तित रहेछ होइन ?

उम्…पारित भएकोमा खुसी देखिँदैन ।

तपाईं चीन भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा थिए । तपाईंभन्दा पहिले एमाले नेता विष्णु पौडेल चीन भ्रमणमा हुनुुहुन्थ्यो । दुई देशका कम्युनिस्ट नेताहरूको भ्रमण एकपछि अर्को हुनुलाई के फेरि नेपालमा कम्युनिस्ट पार्टीहरू एक ठाउँमा ल्याउने गृहकार्य भइरहेको छ ?

विष्णु पौडेलजीको चीन भ्रमणबारे त हामीलाई जानकारी भएन । तर, यहाँ (नेपाल) आएपछि थाहा भयो कि उहाँ चार÷पाँच दिन अगाडि नै गएर आउनु भएछ । मेरो उहाँहरूसँग भेटघाट भएको पनि होइन । कुराकानी भएको पनि होइन । कुनै अन्तर्सम्बन्ध थिएन ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त नेपालमा कम्युनिस्ट पार्टीहरू मिलून्, सहकार्य गरून् भन्ने कुरा त कुनै नयाँ नौलो विषय होइन । यो पहिलेदेखि भन्दै आएको कुरा न हो ।

नेपालमा वामपन्थी दलहरू मिल्दा राम्रो हुन्छ, सहकार्य गर्दा राम्रो हुन्छ भन्ने सदाशय चीनको नयाँ होइन नि । त्यसकारण मूल कुरा आईपीएसको हस्तक्षेप कसरी रोक्न सकिन्छ ? रोक्ने उपायहरू के-के हुन सक्छन् ? जसले नेपालको स्वाधीनताको रक्षा हुन्छ ? यही प्रश्नहरूमा चीनको चासो हो ।

स्थानीय निर्वाचनबारे चीनको सल्लाह कस्तो रह्यो ?

त्यो त अब एक देशको कम्युनिस्ट पार्टीले अर्को देशको कम्युनिस्ट पार्टीहरूलाई निर्वाचनमा सहकार्य गर्दा राम्रो हुन्छ भन्ने कुरा नै भयो । मिल्ने÷नमिल्ने कुरा त नेपालका कम्युनिस्ट पार्टीहरूको मामिला न भयो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : २९ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको