१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रधानमन्त्री देउवाले भारतसँग मागे ३ नयाँ हवाई रुट, सीमा समस्या समाधान गर्न प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् ।

भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तामा हवाई रुट उपलब्ध गराइदिन माग गरेका हुन् ।

देउवाले आफुले माग गरेको मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बताए । देउवाले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सहज सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै त्यसका लागि हवाई रुटको आवश्यकता औंल्याएका हुन् ।

देउवाले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट नेपाल प्रवेशको रुट मागेका हुन् । अहिले भारतले सिमराबाट मात्र नेपाल भित्रिने हवाई रुट उपलब्ध गराएको छ ।

देउवाले भारतीय समकक्षीसँग सीमा समस्याबारे पनि छलफल गरेको जनाए । पत्रकार सम्मेलनमा देउवाले भने ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ४२ बजे

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा