२० मंसिर २०८२, शनिबार | December 6, 2025

सीसीएले दियो एसीसीएका विद्यार्थीलाई ‘एब्रोड स्टडी काउन्सिलिङ (एसीसीए रुट)’



काठमाडौं । काठमाडौंको थापागाउँमा रहेको सर्टिफाईड कलेज अफ एकाउण्टेन्सी (सीसीए)ले करियर काउन्सिलिङ फर एब्रोड स्टडी (एसीसीए रुट) विषयक एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।

लर्निङ पार्क एजुकेशन सर्भिसेसको सहकार्यमा काठमाडौंमा सम्पन्न कार्यक्रममा एसीसीए पढिरहेका करिब ५ सय विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीले आफ्नो एसीसीए यात्रालाई अन्तराष्ट्रिय स्तरमा लान चाहने विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम निकै उपयोगी रहेको बताएका थिए ।

अन्तराष्ट्रिय कोर्ष एसीसीएबाट पासआउट भएका विद्यार्थीहरुका लागि पछिल्लो समय नेपालका कर्पोरेट संस्थाहरुमा स्कोप बढ्दै गएको छ । अझ विदेश गएर अकाउण्टेन्सीमै आफ्नो करियर बनाउन चाहेका विद्यार्थीहरुका लागि त एसीसीए महत्वपूर्ण कोर्ष बनेको छ ।

करिब ३ वर्षमा सकिने एसीसीएका विद्यार्थीहरुले नेपालसँगै विश्व बजारमा समेत आफ्नो भविष्य बनाउन सक्छन् । नेपालमा बसेर एसीसीए पढ्न खर्च कम लाग्ने र आफु अनुकुल समयमा पढ्न समेत सकिने भएका कारण विद्यार्थीहरुका लागि यो कोर्ष पहिलो रोजाई बन्न थालेको हो ।

नेपालमा एसीसीए पढ्न सुरु गरेका विद्यार्थीहरु विश्वको जुनसुकै देशमा गएर पनि सहज रुपमा आफ्नो पढाईलाई निरन्तरता दिन सक्छन् । यसै कुरालाई मध्यनजर गर्दै सीसीएले करियर काउन्सिलिङ फर एब्रोड स्टडी (एसीसीए रुट) कार्यक्रम गरेको हो ।

अकाउण्टेन्सी फिल्डका विद्यार्थीले अन्त्यन्तै रुचाएको एसीसीए अध्यापनमा सीसीए अग्रणी रहेको छ ।

 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : २४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय