४ पुस २०८२, शुक्रबार | December 20, 2025

टिपिएल ४ : मणिग्राम र शंकरनगर विजयी



भैरहवा । रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको शनिबार सम्पन्न खेलमा मणिग्राम किङ्स र रोयल शंकरनगर विजयी भएको छ ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको तेस्रो खेलमा तिलोत्तमा टाइगर्सलाई मणिग्रामले १० विकेटमा र चौथो खेल न्यु होराइजनलाई ५ विकेटले रोयल शंकरनगर विजयी भएको हो ।

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्गले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रनको योगफल बनायो । जसका लागि आयुश्मान बमले ४६, सन्दीप जोराले २६ रनको योगदान गरे । बलिङतर्फ अनिल खरेलले ३ विकेट लिए ।

जबाफी ब्याटिङमा ११४ रनमको लक्ष्य पाएको मणिग्रमले १४ दशमलव १ ओभरमा विना विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि ईशान पाण्ड र देव खनालले अविजित ६० र ४४ को पारी खेले । वलिङतर्फ सुदिप जोराले २ विकेट लिए । पहिलो खेलमा अनिल खरेल म्यानअफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको न्यु होराइजनले सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । १९ दशमलव २ ओभरमा समेटिएको टिमका लागि विपिन रावलले २१, राहुल शर्माले १४ रन बनाए ।

जबाफी ब्याटिङमा ९५ रनमको लक्ष्य पाएको शंकरनगरले १४ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि शंकर रानाले २७ र हरि चौहानले २२ रन बनाए ।

दोस्रो खेलमा धिरज शाही म्यान अफ द म्याच भए । आइतबारको खेल तिलोत्तमा टाइगर्स र नेपथ्य गोल्ड बीच तथा दोस्रो खेल न्यु होराइजन र एकोन भैरहवा बीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको