१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

आजबाट जयनगर-कुर्था नियमित रेल सेवा



जनकपुर । जयनगर-कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

उनका अनुसार दैनिक दुईपटक जयनगर-कुर्था रेल चल्नेछ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्नेछ ।

जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले बताए ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनले बताए ।

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्नेछ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए ।

सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : १२ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन