७ आश्विन २०८३, बुधबार | September 23, 2026

बढ्न थाले पर्यटक, गत महिना आए ४२ हजार



काठमाडौं । कोरोना भाइरसको महामारी कारण सुस्ताएको पर्यटन क्षेत्र तंग्रिन थालेको छ भने पर्यटक आउने क्रम पनि बढेको छ ।

नेपाल पर्यटन बोर्डले सन् २०२२ को मार्चमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक आएको जनाएको छ । जबकि, अघिल्लो वर्ष सन् २०२१ को मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए ।

यो वर्षको मार्चमा पर्यटकको आगमन कोरोना महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : १० बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक