२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गठबन्धन सरकार बचाउन पनि हो : गृहमन्त्री खाँण



तनहुँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् । आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ । र सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाटिकन भन्दा ।’

पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएको सहमतलाई गृहमन्त्री खाँणले सरकार बचाउनका लागि भएको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।

‘गठबन्धन बचोस् । सरकार बचोस् भन्ने चाहना छ हाम्रो । त्यो पारदर्शी कुरा हो । तर, गठबन्धनको उपलब्धी सरकार मात्र‍ हैन । मुलुकको दीर्घशान्ति हो’, गृहमन्त्री खाँणले प्रस्ट्याउँदै भने ।

गठबन्धन पञ्चायतकालमा पनि भएको उनले बताए । ‘गठबन्धन गरेर पञ्चायतविरुद्ध आन्दोलन गरेर पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याएको हो’, उनले स्मरण गर्दै भने, ‘त्यसकारण गठबन्धन वैचारिक आधारशिलामा मात्र हुन्छ भन्ने छैन् । अब आउने गन्तव्यका लागि पनि गठबन्धन हुन्छ । यो संसारभर नै हुन्छ ।’

उनले उद्योगी व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको रहेको बताए । उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएकाले सरकार संवेदनशिल भएको गृहमन्त्री खाँणले दाबी गरे । ‘रोजगारीको वृद्धी र अर्थतन्त्रलाई चलायमान बनाउनलाई उद्योगपति र व्यवसायी गतिशिल बन्नुपर्दछ’, उनले भने, ‘राज्यलाई अधिकतम कर तिर्न सक्ने क्षमता बनाउनुपर्दछ ।’

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकार स्थानीय तहको निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘निर्वाचन हुन्छ कि हुदैन् भनेर अफवाह फैलाइएको छ । जनप्रतिनिधि विहिन हुन नदिनलाई सरकार निर्वाचनको तयारीमा लागेको छ ।’

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ४४ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच