२० मंसिर २०८२, शनिबार | December 6, 2025

सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौं : एनआरएनए उपाध्यक्ष शर्मा



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गरेका छन् ।

संघको १० औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा. शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्‍याउन अभियान त्यति सहज नभएको बताए ।

शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालष्, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दावी गरेका छन् ।

उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्विकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय बिषयमा असहमति हुँदा हुँदा पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्विकार गर्नु पर्ने स्थिति आएको बताए ।

संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पुरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन् ।

शर्माले फेस भेरिफिकेसन मार्फत मतदान गर्ने पुरै तयारी रोक्न एउटा समूह सफल भए पनि दिर्घकालिन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : १६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय