७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पशुपतिस्थित नेपाल-भारतमैत्री धर्मशालाको पेसी २७ गतेका लागि स¥यो



काठमाडौं । पशुपतिस्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दामा चैत २७ गते सुनुवाइ तोकिएको छ ।

उच्च अदालत पाटनमा सोमबार तोकिएको विषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि अर्को पेशी तोकिएको हो । होटल आनन्द प्रालि (बतास समूह) का तर्फबाट राखिएका कानून व्यवसायीले इजलासका विषयमा प्रश्न गरेका थिए ।

यसअघि अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा पेसी परेकाले मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए । त्यसपछि पेशी सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए ।

बतास समूहअन्तर्गत रहेको होटल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार नेपाल–भारतमैत्री धर्मशालाको सम्झौतामा उल्लेख गरिएका विभिन्न शर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाएको थियो । त्यसका विरुद्ध बतास समूहले उच्च अदालतमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : ५८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल