२६ माघ २०८२, सोमबार | February 9, 2026

आठ महिनामा करिब ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ ।

भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो ।

सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको विभागले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा नेपालले २२ अर्ब ७५ करोड ७९ लाख ९४ हजार रुपैयाँको चामल आयत गरेको छ । सो मुल्यमा ४३ करोड ४१ लाख ३२ हजार ३२२ केजी चामल नेलालले आयात गरेको हो ।

सोही अवधिमा विभिन्न देशबाट १४ अर्ब ७७ लाख ६३ हजार रुपैयाँको धान नेपालले आयात गरेको छ । सो मुल्यमा ४७ करोड ७३ लाख ११ हजार ९८२ केजी धान नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।

नेपालमा धान तथा चामल भारत, चीन, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, जापान, अमेरिकी, इटाली, बेलायत, भियतनाम र अष्ट्रेलियाबाट भित्रने गरेको छ ।

भारतबाट धान मात्र १३ अर्ब ९७ करोड ५५ लाख ८८ हजार रुपैयाँको नेपाल भित्रिएको छ । यस्तै सोही समयमा २२ अर्ब ५७ करोड ४७ लाख ५२ हजार रुपैयाँ चामल भारतबाट नेपालले आयात गरेको देखिन्छ ।

पछिल्लो आठ महिनामा अमेरिकाबाट १७ करोड ५८ लाख ७३ हजार रुपैयाँको चामल नेपालमा आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ४२ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य