१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बेनिघाट रोराङका डल्लाकोटीलाई प्रचण्डले भने – गल्ती गरेँ भनिसक्नु भो, अब काममा फर्किनुस



काठमाडौं । एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् ।

माओवादी त्यागेर बालकोट पुगेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्किएका हुन् । माओवादीमा फर्किएपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटारमा पुगे ।

खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको जानकारी दिएका छन् ।

एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् ।

अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षज्यु, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म दुई दिनमै घर फर्केको छु ।’

डल्लाकोटीको भनाइपछि अध्यक्ष प्रचण्डले जवाफ दिए, ‘गल्ती गरेँ भनिसक्नु भो । अब काममा फर्कनुस् ।’

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ३७ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको