१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

भैरहवामा विरामी परेका महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ ।

स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक परीक्षणमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । ‘उपचारमा संलग्न चिकित्सकले दिएको जानकारीअनुसरा अध्यक्षज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ झाले भने ।

पार्टीको कार्यक्रममा भैरहवामा हुँदा समान्य ज्वरो, पखाला तथा डिहाइड्रेशनसमेत देखिएकोले हेलिकप्टरबाट मेडिसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको उनले बताए ।

गम्भीर समस्या नदेखिएको भन्दै झाले भने, चिकित्सकहरूको ब्रिफिङअनुसार प्राराम्भिक जाँचमा स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर समस्या केही देखिएको छैन ।’

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : २४ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका