६ श्रावण २०८३, बुधबार | July 22, 2026

मन्त्री मनाङेलाई कारबाही गर्न कर्मचारीको माग



पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् । निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको पेसागत हक हितको संरक्षण अनिवार्य हुनुपर्ने मागसहित उनीहरू आन्दोलित बनेका हुन् ।

राजनीति र प्रशासन एकै सिक्काका दुई पाटा भएको भन्दै राजनीतिले प्रशासनलाई विभिन्न आक्षेप लगाएको हामीबीच स्पष्ट छ,’ उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गरेको निन्दनीय घटनाप्रति हामी ट्रेड युनियनकर्मी घोर भर्त्सना गर्दछौं ।’

मन्त्रालयका अधिकृत प्रकाश ओझामाथि मन्त्री मनाङेले मंगलबार ४ बजेट आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली र आक्रमण गरेको भन्दै घटनाको छानबिनको माग गरेका छन् । ‘मन्त्रीबाट आफ्ना मातहतका कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो । कर्मचारीहरूलाई भयरहित वातावरणमा काम गर्ने अवसर नहुँदासम्म सुशासन कायम हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्रासपूर्ण वातावरणमा कार्य गर्नुपर्ने अवस्थाको अन्त्य गरी आम नागरिकको सेवामा उच्च मनोबलका साथ समर्पित हुने अवस्था निर्माणको लागि गण्डकी प्रदेश सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष सोमलाल तिवारी, अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० कास्कीका अध्यक्ष अर्जुन देव ज्ञवाली र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ६ : ४४ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न