१६ माघ २०८२, शुक्रबार | January 30, 2026

टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा रहेका पौडेल नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै टेलिकमको नेतृत्वमा आएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो । कम्पनीको प्रबन्ध निर्देशकका लागि टेलिकमका वरिष्ठ कर्मचारी सुरजसिंह थापा, नेपाल टेलिकमका पूर्व कर्मचारीहरू नागेन्द्र कुमार दास, अमलेन्दु नारायण सिंह र सीए प्रदीपराज उपाध्यायले समेत दाबेदारी प्रस्तुत गरेका थिए ।

यस अघिका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकाल समाप्त भएसँगै गत पुसदेखि टेलिकम नेतृत्व बिहीन भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ५७ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी