६ श्रावण २०८३, बुधबार | July 22, 2026

टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा रहेका पौडेल नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै टेलिकमको नेतृत्वमा आएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो । कम्पनीको प्रबन्ध निर्देशकका लागि टेलिकमका वरिष्ठ कर्मचारी सुरजसिंह थापा, नेपाल टेलिकमका पूर्व कर्मचारीहरू नागेन्द्र कुमार दास, अमलेन्दु नारायण सिंह र सीए प्रदीपराज उपाध्यायले समेत दाबेदारी प्रस्तुत गरेका थिए ।

यस अघिका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकाल समाप्त भएसँगै गत पुसदेखि टेलिकम नेतृत्व बिहीन भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ५७ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,