२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना



काठमाडौं । युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ ।

खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍याे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।

४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए ।

खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।

अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : १६ बजे

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी

पाल्पा-२ मा रास्वपाका थापा विजयी

तानसेन । पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, गगन थापालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४