१६ माघ २०८२, शुक्रबार | January 30, 2026

भृकटीमण्डपमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन मेला



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन भइरहेको छ ।

चैत्र २३ देखि २७ गतेसम्म सञ्चालन हुने स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ । कोरोनाका कारण बिक्री नभएका र बाँकी रहेका पुराना सामान र नयाँ सामानहरु मेलामा राखिएको छ ।

मेलामा नेपाल, चीन, भारत, थाइल्याण्ड, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तुहरु राखिएको छ । मेलामा व्यापारीहरुले बिक्री नभएका सामानहरु सहुलियतमा बेच्ने र ग्राहकहरुले सहुलियत दरमा किन्न पाइने मेला व्यवस्थापक अनिल श्रेष्ठले जानकारी दिए । मेलामा बिक्री नभएका सामानहरु र नयाँ उत्पादित सामानहरु रहेको र विशेष छुटमा बिक्री भइरहेको छ । मेलामा न्युनतम १० देखि ८० प्रतिशत छुटमा सामानहरुको बिक्री भइरहेको पनि श्रेष्ठले बताए ।

उनले भने, ‘यसमा नयाँ उत्पादन पनि हुन्छ र धेरैजसो स्टकका सामानहरु हुन्छन । यो सामानलाई व्यापारीहरुले बेच्ने र ग्राहकहरुले सस्तोमा लिने मेला हो । मेलामा हरेक सामानको हेरेर १० देखि ८० प्रतिशतसम्म छुट पाइन्छ । यमा विभिन्न देश थाइल्याण्ड, चनि, भारत, पाकिस्तान, नेपाली उत्पादनहरु रहेका छन ।’

त्यस्तै मेलामा रहेका व्यापारी अनिशा लिम्बूले ग्राहकहरुलाई विशेष छुट दिएर कोरोनाकालमा बिक्री हुन नसकेका सामानहरु बेचिरहेको र मेलामा आउनेको संख्या उल्लेख्य रहेको बताए । उनले मेलामा चीन र भारत, नेपालका गमलाहरु मेलामा राखेका छन् ।

त्यस्तै अर्की व्यापारी रजनी महर्जन कोरानाका कारण दुई वर्षदेखि व्यापारहरु बन्द भएपनि अब बिस्तारै बजार सञ्चालन भएकोमा खुशी लागेको बताए । उनले मेलाले व्यापारी र ग्राहकको सम्बन्धलाई जोडने काम गरेको बताउँदै आफनो स्टलमा रहेका सामानहरु ५० प्रतिशत छुटमा दिएको बताए ।

त्यस्तै व्यापारी राममाया गुरुङले अहिले मेलामा भीर महको व्यापार गरिहनु भएको छ ।उहाँले भीर मह म्याग्दीबाट आफैँले बनाउने गरेको र अग्र्यानिक भएको बताए । उनले भने, ‘भीरमह हाम्रो म्याग्दीबाट जम्मा गरेर बेच्ने गरेका छौँ । पोखरामा पनि बेच्ने गरेका छौँ ।’

चैत्र २३ गतेबाट शुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना सामग्रीहरु सस्तो र सुलभ दरमा विशेष छुटसहति ग्राहकहरुलाई बिक्री गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४८ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग