२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

भृकटीमण्डपमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन मेला



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन भइरहेको छ ।

चैत्र २३ देखि २७ गतेसम्म सञ्चालन हुने स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ । कोरोनाका कारण बिक्री नभएका र बाँकी रहेका पुराना सामान र नयाँ सामानहरु मेलामा राखिएको छ ।

मेलामा नेपाल, चीन, भारत, थाइल्याण्ड, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तुहरु राखिएको छ । मेलामा व्यापारीहरुले बिक्री नभएका सामानहरु सहुलियतमा बेच्ने र ग्राहकहरुले सहुलियत दरमा किन्न पाइने मेला व्यवस्थापक अनिल श्रेष्ठले जानकारी दिए । मेलामा बिक्री नभएका सामानहरु र नयाँ उत्पादित सामानहरु रहेको र विशेष छुटमा बिक्री भइरहेको छ । मेलामा न्युनतम १० देखि ८० प्रतिशत छुटमा सामानहरुको बिक्री भइरहेको पनि श्रेष्ठले बताए ।

उनले भने, ‘यसमा नयाँ उत्पादन पनि हुन्छ र धेरैजसो स्टकका सामानहरु हुन्छन । यो सामानलाई व्यापारीहरुले बेच्ने र ग्राहकहरुले सस्तोमा लिने मेला हो । मेलामा हरेक सामानको हेरेर १० देखि ८० प्रतिशतसम्म छुट पाइन्छ । यमा विभिन्न देश थाइल्याण्ड, चनि, भारत, पाकिस्तान, नेपाली उत्पादनहरु रहेका छन ।’

त्यस्तै मेलामा रहेका व्यापारी अनिशा लिम्बूले ग्राहकहरुलाई विशेष छुट दिएर कोरोनाकालमा बिक्री हुन नसकेका सामानहरु बेचिरहेको र मेलामा आउनेको संख्या उल्लेख्य रहेको बताए । उनले मेलामा चीन र भारत, नेपालका गमलाहरु मेलामा राखेका छन् ।

त्यस्तै अर्की व्यापारी रजनी महर्जन कोरानाका कारण दुई वर्षदेखि व्यापारहरु बन्द भएपनि अब बिस्तारै बजार सञ्चालन भएकोमा खुशी लागेको बताए । उनले मेलाले व्यापारी र ग्राहकको सम्बन्धलाई जोडने काम गरेको बताउँदै आफनो स्टलमा रहेका सामानहरु ५० प्रतिशत छुटमा दिएको बताए ।

त्यस्तै व्यापारी राममाया गुरुङले अहिले मेलामा भीर महको व्यापार गरिहनु भएको छ ।उहाँले भीर मह म्याग्दीबाट आफैँले बनाउने गरेको र अग्र्यानिक भएको बताए । उनले भने, ‘भीरमह हाम्रो म्याग्दीबाट जम्मा गरेर बेच्ने गरेका छौँ । पोखरामा पनि बेच्ने गरेका छौँ ।’

चैत्र २३ गतेबाट शुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना सामग्रीहरु सस्तो र सुलभ दरमा विशेष छुटसहति ग्राहकहरुलाई बिक्री गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४८ बजे

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने