१० भदौ २०८३, बुधबार | August 26, 2026

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी



बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नया वर्षमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ ।

शुक्रबार नवदिप कवर्ड हलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताए । बैशाख ७ देखि १० गतेसम्म संचालन हुने प्रतियोगितामा पाच विद्यामा खेलहरु खेलाईने उनले बताए । मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ वर्ष माथि, ५५ वर्षमाथि र महिला सिगलमा खेलहरु खेलाईने उनले बताए ।

प्रतियोगिताको मेन्स सिगल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैया, द्घितिय ३० र तृतियलाई २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिगलमा प्रथमलाई ३० हजार रुपैया, द्घितिय २० र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि ५५ वर्षमाथि उम्र समुहको प्रथमलाई २० हजार रुपैया, द्घितिय १५ हजार र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितालाई मेन स्पोन्सर लुम्बिनी वर्ड स्कुल मधवलिया रहेको उनले बताए ।

कार्यक्रममा दिद्घिय उपाध्यक्ष नलराज नेपाल, प्रेस सल्लाहकार यमलाल भुषाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले शुभकामना दिएका थिए ।
प्रतियोगिताका संयोजक शम्भु भट्टराईले २० लाख ६० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा विभिन्न खेलप्रेमी तथा संघसंस्थाहरुबाट सहयोग मिलेको बताए। क्लबले यसअघि अन्तर विद्यालय २ पटक, क्षेत्रियस्तरको ४ पटक, लुम्बिनी प्रदेशस्तरीय २ पटक र पहिलो संस्करणको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको उनले बताए ।

प्रतियोगिता २ सय ८ जना खेलाडी र करीब १० हजार दर्शकहरुले अवलोकन गर्ने उनले बताए । क्लबले खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा समेत कार्य गर्दै आएको उनले बताए । क्लबमा हाल ३४ आजिवन र ५५ जना साधारण सदस्य गरि ८९ जना छन ।

क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवालीले खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताए । ब्याडमिन्टन खेलमा प्रयोग हुने रयाकेट, फेदर कक र अन्य खेलकुद सामग्रीहरु नै महगो हुदा महगो खेलका रुपमा लिईने उनले बताए । स्वस्थ्य सबैभन्दा ठूलो धन भएको भन्दै थोरै रकमले पनि स्वस्थ्य रहन सकिने उनले दाबी गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ११ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक