२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

रित्तियो आयल निगमको सरकारी कोष



काठमाडौं । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए ।

‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो । अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने ।

उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए ।

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको भाउ लगातार बढेर भारतीय आयल कर्पोरेसनलाई तिर्न बाँकी रकमसमेत पठाउन नसकिएकाले बाध्यतावश निगमले यो कोषको रकम चलाउनुपरेको उनले बताए । कार्कीले भारतीय आयल कर्पोरेसनले मागेको बेला यहाँबाट रकम नपठाए उसले इन्धन दिनै बन्द गर्ने भएकाले निगमले यो कोषको रकम चलाउनुपरेको प्रस्ट पारे ।

भारतीय आयल कर्पोरेसनलाई तिर्न बाँकी रकम आपूmहरूले निरन्तर पठाइरहेको निगमले जनाएको छ । सोहीअनुरूप निगमले शुक्रबार मात्र भारतीय आयल कर्पोरेसनलाई १९ अर्ब ४७ करोड रुपैयाँ पठाएको छ । जसमा ४ अर्ब २० करोड रुपैयाँ यही मूल्य स्थिरीकरण कोषबाट झिकेर पठाइएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी रकम भुक्तानी गर्न नपुगेपछि सरकारी कोषबाट सो रकम झिकेर पठाएको निगमले बताएको छ ।

निगमले हाल मासिक ९ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी रहेको जनाएको छ । दैनिक व्यापार घाटा बढेको भन्दै निगमले पछिल्लो डेढ महिनायता हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ ।

निगमले प्रतिलिटर पेट्रोलको मूल्य १६० रुपैयाँ पु¥याइसकेको छ । यसैगरी, एक सिलिन्डर ग्यासको १ हजार ६ सय रुपैयाँ पु¥याइएको छ ।

घाटा बढ्दै गएपछि निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने र आइतबार पनि सार्वजनिक बिदा दिने प्रस्ताव सरकारसमक्ष गरिसकेको छ । निगमको यस्तो प्रस्तावलाई सरकारले मन्त्रिपरिषद्बाट मात्र निणर्य गर्न पाउने व्यवस्था छ ।

गत २२ चैतमा पछिल्लोपटक बढाएको मूल्यवृद्धिपछि पनि अझै निगमले आफ्नो मासिक घाटा ९ अर्ब २७ करोड रुपैयाँ हुने अनुमान गरेको छ । यसैगरी, निगमले चालू आर्थिक वर्षको हालसम्मको नोक्सानी करिब ३३ अर्ब रुपैयाँ नाघिसकेको जनाएको छ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ०७ बजे

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई

सुकुम्बासी माथिको सरकारी व्यवहारमा ‘पञ्चायती दमन’को झल्को : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ले

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “पुराना

प्रतिनिधिसभामा भएको प्रतिनिधित्व “रगतले लेखिएको कथा” हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल