२६ माघ २०८२, सोमबार | February 9, 2026

गभर्नर कारवाही तत्काल फिर्ता लिन एमालेको माग, सरकारले अर्थतन्त्र तहसनहस पारेको आरोप



काठमाडौं । नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि सरकारले गरेको कारवाही तत्काल फिर्ता लिन माग गरेको छ ।

एमालेबाट अर्थमन्त्रालयको नेतृत्व गरेको तीन जना पूर्वअर्थमन्त्रीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरिएको निलम्बनको कारवाही तत्काल फिर्ता लिन माग गरेको हो ।

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले उल्टै गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न लागेको आरोप लगाए । पौडेलले देशको अर्थतन्त्रलाई टाट पल्टाउने दिशामा अघि बढेका अर्थमन्त्रीलाई कारवाही गर्नुपर्नेमा गभर्नरलाई तारो बनाइएको भन्दै रोष प्रकट गरे । सरकारले राष्ट्र बैंक नेतृत्वमा हस्तक्षेप गरेर गलत अभ्यास गरेको आरोप लगाउँदै पौडेलले यसबाट देशको अर्थतन्त्रको अवस्था थप धराशायी हुने चेतावनी दिए । पौडेलले भने, ‘सरकारले यो निर्णय सच्याओस् अन्यथा, यो निर्णयमा सरकार कायम रहे मुुलुकको अर्थतन्त्र थप धरासायी हुन्छ ।’

पौडेलले सरकारले राष्ट्र बैंकको गभर्नरलाई सचिव र सहसचिवलाई चलाएजस्तो व्यवहार गरेको बताए । उनले भने, ‘जुन प्रकारको नग्न हस्तक्षेप गरिएको छ । यो व्यक्ति महाप्रसाद अधिकारीमाथि गरिएको होइन, प्रणाली स्थापित गर्ने प्रयासमाथिको हस्तक्षेप हो ।’

पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री त्रय पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडा उपस्थित छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ५६ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी

बुटवलका प्रमुख–उपप्रमुख झाडु बोकेर सडक सरसफाईमा

बुटवल । बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ