२० बैशाख २०८१, बिहिबार | May 2, 2024

गभर्नर कारवाही तत्काल फिर्ता लिन एमालेको माग, सरकारले अर्थतन्त्र तहसनहस पारेको आरोप



काठमाडौं । नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि सरकारले गरेको कारवाही तत्काल फिर्ता लिन माग गरेको छ ।

एमालेबाट अर्थमन्त्रालयको नेतृत्व गरेको तीन जना पूर्वअर्थमन्त्रीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरिएको निलम्बनको कारवाही तत्काल फिर्ता लिन माग गरेको हो ।

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले उल्टै गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न लागेको आरोप लगाए । पौडेलले देशको अर्थतन्त्रलाई टाट पल्टाउने दिशामा अघि बढेका अर्थमन्त्रीलाई कारवाही गर्नुपर्नेमा गभर्नरलाई तारो बनाइएको भन्दै रोष प्रकट गरे । सरकारले राष्ट्र बैंक नेतृत्वमा हस्तक्षेप गरेर गलत अभ्यास गरेको आरोप लगाउँदै पौडेलले यसबाट देशको अर्थतन्त्रको अवस्था थप धराशायी हुने चेतावनी दिए । पौडेलले भने, ‘सरकारले यो निर्णय सच्याओस् अन्यथा, यो निर्णयमा सरकार कायम रहे मुुलुकको अर्थतन्त्र थप धरासायी हुन्छ ।’

पौडेलले सरकारले राष्ट्र बैंकको गभर्नरलाई सचिव र सहसचिवलाई चलाएजस्तो व्यवहार गरेको बताए । उनले भने, ‘जुन प्रकारको नग्न हस्तक्षेप गरिएको छ । यो व्यक्ति महाप्रसाद अधिकारीमाथि गरिएको होइन, प्रणाली स्थापित गर्ने प्रयासमाथिको हस्तक्षेप हो ।’

पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री त्रय पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडा उपस्थित छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ५६ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा