१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

पूर्वअर्थमन्त्री पौडेलको चेतावनी – सार्थक हस्तक्षेप नगरे देशलाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन



काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको संकटपूर्व अवस्थालाई सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंका बन्ने चेतावनी दिएका छन् ।

देशको अर्थतन्त्रबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले कतैबाट सार्थक हस्तक्षेप हुन नसके देश श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका हुन्। पौडेलले भने, ‘सार्थक हस्तक्षेप गरेनौं भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन ।’

पौडेलले प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै संकटबाट रोक्न नकस्ने जिकिर गरे । उनले आफुले ल्याएको लोकप्रिय बजेट असफल पार्न ल्याइएको प्रतिस्थापन विधेयककै कारण देश गम्भीर संकटमा फस्दै आएको दाबी गरे । कुनै व्यक्तिको गलत नीति र सनकका कारण ९ महिनामै अर्थतन्त्र तहसनहस भएको उनको आरोप थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का