१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पूर्वअर्थमन्त्री पौडेलको चेतावनी – सार्थक हस्तक्षेप नगरे देशलाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन



काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको संकटपूर्व अवस्थालाई सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंका बन्ने चेतावनी दिएका छन् ।

देशको अर्थतन्त्रबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले कतैबाट सार्थक हस्तक्षेप हुन नसके देश श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका हुन्। पौडेलले भने, ‘सार्थक हस्तक्षेप गरेनौं भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन ।’

पौडेलले प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै संकटबाट रोक्न नकस्ने जिकिर गरे । उनले आफुले ल्याएको लोकप्रिय बजेट असफल पार्न ल्याइएको प्रतिस्थापन विधेयककै कारण देश गम्भीर संकटमा फस्दै आएको दाबी गरे । कुनै व्यक्तिको गलत नीति र सनकका कारण ९ महिनामै अर्थतन्त्र तहसनहस भएको उनको आरोप थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ०९ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय