२६ असार २०८३, शुक्रबार | July 10, 2026

जोगिएला कोहलपुरमा एमाले विरासत ? यस्ता छन् सिफरिसमा परेका उम्मेदवार



नेपालगन्ज । कार्यकाल भरी विवादै विवादमा अल्झिएको कोहलपुर नगरपालिकामा एमालेको बिरासत जोगाउन एमालेले नगर प्रमुख र उप प्रमुखमा नयाँ नामहरु सिफरिस गरेको छ । आज बसेको नगर कमिटीको बैठकले नगर प्रमुखमा ३ जना र उप प्रमुखमा ३ जनाको नाम सिफारिस भएको एमाले कोहलपुरले जनाएको छ ।

वर्तमान नगर प्रमुख लुटबहादुर रावतको कार्यकाल विवादीत निर्णयहरुबाटै सकिएपनि अघिल्लो निर्वाचनको विरासत जोगाउने कसरत शोरुप एमालेले नगर प्रमुखमा खिल प्रसाद भुसाल, बसन्ति अधिकारी र गोपाल गिरीको नाम सिफारिस गरेको छ । लामो समयको एमाले भित्रको अन्तरबिरोधमा माधव नेपाललाई साथ दिएकी महिला नेतृ अधिकारीलाई आगामी मेयरको आश्वासन दिएर एकीकृत समाजवादीमा जानबाट जोगाएको एमालेले मेयरमा सिफारिस गरेपनि निर्णय हुने सम्भावना भने निकै कम रहेको एमाले स्रोतको दाबी छ । एमाले अध्यक्ष केपी ओलीको नतमस्तक भएर लगातार ओलीको बचाउको भुमिका खेलेका खिल प्रसाद भुसाल नै एमालेको तर्फबाट कोहलपुरको उम्मेदवार भएभने अचम्म मान्नु नपर्ने एमालेकै एक कार्यकर्ताले बताए । गोपाल गिरीको नाम औपचारिकताका लागि मात्र पठाइएको पति उनले बताए ।

एमालेले कोहलपुर उप प्रमुखका लागि रेशम खत्री, अनिता पौडेल र अस्मिता थारुको नाम सिफारिस गरेको छ । उप प्रमुखमा जातीय सन्तुलन मिलाउनकै लागि पनि अस्मिता थारुको पल्ला भारी रहेको एमाले कार्यकर्ताहरुले आँकलन गरेका छन् । २०७४ सालको निर्वाचनमा नगर प्रमुखमा एमालेका लुटबहादुर रावत र उप प्रमुखमा कांग्रेसका सन्जु चौधरीले चुना जितेका थिए ।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ५७ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले