१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जोगिएला कोहलपुरमा एमाले विरासत ? यस्ता छन् सिफरिसमा परेका उम्मेदवार



नेपालगन्ज । कार्यकाल भरी विवादै विवादमा अल्झिएको कोहलपुर नगरपालिकामा एमालेको बिरासत जोगाउन एमालेले नगर प्रमुख र उप प्रमुखमा नयाँ नामहरु सिफरिस गरेको छ । आज बसेको नगर कमिटीको बैठकले नगर प्रमुखमा ३ जना र उप प्रमुखमा ३ जनाको नाम सिफारिस भएको एमाले कोहलपुरले जनाएको छ ।

वर्तमान नगर प्रमुख लुटबहादुर रावतको कार्यकाल विवादीत निर्णयहरुबाटै सकिएपनि अघिल्लो निर्वाचनको विरासत जोगाउने कसरत शोरुप एमालेले नगर प्रमुखमा खिल प्रसाद भुसाल, बसन्ति अधिकारी र गोपाल गिरीको नाम सिफारिस गरेको छ । लामो समयको एमाले भित्रको अन्तरबिरोधमा माधव नेपाललाई साथ दिएकी महिला नेतृ अधिकारीलाई आगामी मेयरको आश्वासन दिएर एकीकृत समाजवादीमा जानबाट जोगाएको एमालेले मेयरमा सिफारिस गरेपनि निर्णय हुने सम्भावना भने निकै कम रहेको एमाले स्रोतको दाबी छ । एमाले अध्यक्ष केपी ओलीको नतमस्तक भएर लगातार ओलीको बचाउको भुमिका खेलेका खिल प्रसाद भुसाल नै एमालेको तर्फबाट कोहलपुरको उम्मेदवार भएभने अचम्म मान्नु नपर्ने एमालेकै एक कार्यकर्ताले बताए । गोपाल गिरीको नाम औपचारिकताका लागि मात्र पठाइएको पति उनले बताए ।

एमालेले कोहलपुर उप प्रमुखका लागि रेशम खत्री, अनिता पौडेल र अस्मिता थारुको नाम सिफारिस गरेको छ । उप प्रमुखमा जातीय सन्तुलन मिलाउनकै लागि पनि अस्मिता थारुको पल्ला भारी रहेको एमाले कार्यकर्ताहरुले आँकलन गरेका छन् । २०७४ सालको निर्वाचनमा नगर प्रमुखमा एमालेका लुटबहादुर रावत र उप प्रमुखमा कांग्रेसका सन्जु चौधरीले चुना जितेका थिए ।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ५७ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।