७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा मतदाता : सबैभन्दा बढी बुटवल र सबै भन्दा कम मर्चवारीमा



बुटवल । जनगणनामा जनसंख्याको बृद्दीदर घटेपनि नेपालका बिभिन्न जिल्लाहरुमा मतदाता थपिने क्रम रोकिएको छैन । रुपन्देहीमा मात्र पछिल्लो पाँच वर्षमा एक लाख नौ हजार भन्दा बढी मतदाता थपिएका छन् ।

२०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेको रुपन्देहीमा २०७९ को स्थानीय निर्वाचन सम्म आइपुग्दा ६ लाख ३२ हजार ३६० मतदाता पुगेका छन् । यो अवधिमा रुपन्देहीमा एक लाख नौ हजार ७५८ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा तीन लाख २३ हजार ७७८ जना पुरुष र तीन लाख आठ हजार ५७४ जना महिला मतदाता रहेका छन् ।

रुपन्देहीमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा अघिल्लो निर्वाचन भन्दा १३ हजार ३४५ मतदाता थपिएर मतदाताको संख्या ९० हजार ६५ जना पुगेको छ भने तिलोत्तमा नगरपालिकामा १४ हजार ६७३ मतदाता थपिएर ८५ हजार ७४७ मतदाता पुगेको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका सैनामैना नगरपालिकामा ५१ हजार २२,सिद्धार्थनगर नगरपालिकामा ४४ हजार ६५२, देवदह नगरपालिकामा ४८ हजार २९१ र लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४३ हजार ८९० जना मतदाता रहेका छन् ।

जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा बढी गैडहवा गाउँपालिकामा ३० हजार ३५१ मतदाता छन् भने सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ जना मतदाता रहेका छन् ।

यस्तै मायादेवी गाउँपालिकामा ३० हजार ४६४, कञ्चन गाउँपालिकामा २८ हजार ९७८, शुद्धोधन गाउँपालिकामा २७ हजार ५७८, कोटहीमाई गाउँपालिकामा २६ हजार २४२, रोहिणी गाउँपालिकामा २६ हजार ९६९, ओमसतिया गाउँपालिकामा २३ हजार ९२९, सम्मरीमाई गाउँपालिकामा २३ हजार ६८२ र सियारी गाउँपालिकामा २७ हजार ७५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११