६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सीईओ श्रेष्ठ आउटस्ट्यान्डिङ म्यानेजमेन्ज अवार्डबाट सम्मानित



काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजमेन्ज अवार्डबाट सम्मानित गरेको छ ।

चैत्र २६ गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कम्पनीका सीईओ श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् ।

त्यसअवसरमा श्रेष्ठले यस सम्मानबाट आफुहरुलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए ।

उनले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

श्रेष्ठले म्यानलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने सबै ग्राहक, शेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, संचार जगत लगायत सबैमा कृतज्ञता ज्ञापन गरे ।

यसअघि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC) ले Asia’s Most Trusted Company Award 2019 र World HRD Congress ले Asia’s Best Employer Brand Awards 2021 बाट समेत सम्मानित गरेको थियो ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ५० बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,