१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

काठमाडौंको फोहर उठ्न अझै केही दिन लाग्ने



काठमाडौं । दश दिनपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्‍याउन अझै केही दिन लाग्ने भएको छ ।

तारकेश्वर नगरपालिकाको मुड्खु-तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखिको रोकिएको फोहर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

स्थानीय र ठेकेदार कम्पनीबीच सडक मर्मतको काम तत्काल गर्ने सहमति भएपछि सोमबारदेखि फोहर लान थालिएको हो । पछिल्लो समय १० दिन फोहर उठेको थिएन । यसअघि पनि फागुनमा पनि स्थानीयको अवरोधका कारण १९ दिन फोहर सडकमै रहेको थियो ।

गत फागुन १ गतेदेखि पनि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फागुन अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए भने गत १८ चैतमा फेरि अवरोध भएको हो ।

आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको नुवाकोट जाने पासाङल्हामु राजमार्ग सडक अहिलेसम्म बनाएको छैन । समयमा नै काम नभएको भन्दै स्थानीय बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौंं उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन नसकेको हो ।

काठमाडौं महानगरको वातावरण विभाग प्रमुख सरिता राईले हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको बताइन् ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर निस्किने गर्छ । निजी र काठमाडौं महानगरको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ४१ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री