१० पुस २०८२, बिहिबार | December 25, 2025

नेटवर्कको सिग्नल छ तर फोनले कामै गर्दैन



सुर्खेत । नलगाड नगरपालिकाका-८ जाजरकोटकी विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेनबाट फोन गर्दा हैरान भएको छ ।

उनको मोवाइलमा नमस्तेको नेटवर्क छ सधै आउछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको खत्रीले बताइन् ।

नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने , फोन डाइल गर्न वित्तिकै नलाग्ने समस्यले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाइन् । एनसेल महँगो छ तर राम्रो कुरा अवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ उनले थपिन । उनी जस्तै नलगाड नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाइ समेत फोन नलाग्ने र लागेपनि नबुभझिने समस्यले गर्दा दिक्क लागेको छ । फोनमा समस्य आएको कुरा नेपाल टेलिकमलाइ जानकारी पनि गराएको छ तर , टेलिकमले त्यो गुनासो सुनेपनि नसुनेझै भएको छ ।

फोर जी सेवा विस्तार सँगै फोनमा समस्य आएको सेवाग्रहीको गुनासो रहेको छ । विहान र बेलुकी मात्र थोरै भएपनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरु हैरान भएको नलगाड-८ कै फत्तबहादुर खत्रीले जानकारी दिए । यो समस्य भएको दुइ महिना बढी भैइसकेको तर सुनुवाइ नभएको बारेकोट गाउँपालिका-५ का जनकबहादुर शाहीले जानकारी दिए ।

सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उत्ता रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्य आउदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।

पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छोडेको सर्वसाधारणहरु बताउँछन् । फोनमा हेलो हेलो गर्दा गर्दै फोन कट्दा आफूहरु निकै समस्यामा परेको जाजरकोट नलगाड नगरपालिकाबासीको गुनासो रहेको छ । जाजरकोटको अधिकांश ठाउँमा नेपाल टेलिकमको टावरहरु रहेपनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिकहरु पीडा सुनाउछन् ।

वर्षामा आकाशमा बादल देखिन बित्तिकै टावर बन्द हुने , हिउदमा फोन नै नबुझिने समस्यले गर्दा आफूहरु हैरान भएको बारेकोट-४ का जयलाल बोहराले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ५४ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न