१७ श्रावण २०८३, आइतबार | August 2, 2026

नेटवर्कको सिग्नल छ तर फोनले कामै गर्दैन



सुर्खेत । नलगाड नगरपालिकाका-८ जाजरकोटकी विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेनबाट फोन गर्दा हैरान भएको छ ।

उनको मोवाइलमा नमस्तेको नेटवर्क छ सधै आउछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको खत्रीले बताइन् ।

नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने , फोन डाइल गर्न वित्तिकै नलाग्ने समस्यले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाइन् । एनसेल महँगो छ तर राम्रो कुरा अवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ उनले थपिन । उनी जस्तै नलगाड नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाइ समेत फोन नलाग्ने र लागेपनि नबुभझिने समस्यले गर्दा दिक्क लागेको छ । फोनमा समस्य आएको कुरा नेपाल टेलिकमलाइ जानकारी पनि गराएको छ तर , टेलिकमले त्यो गुनासो सुनेपनि नसुनेझै भएको छ ।

फोर जी सेवा विस्तार सँगै फोनमा समस्य आएको सेवाग्रहीको गुनासो रहेको छ । विहान र बेलुकी मात्र थोरै भएपनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरु हैरान भएको नलगाड-८ कै फत्तबहादुर खत्रीले जानकारी दिए । यो समस्य भएको दुइ महिना बढी भैइसकेको तर सुनुवाइ नभएको बारेकोट गाउँपालिका-५ का जनकबहादुर शाहीले जानकारी दिए ।

सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उत्ता रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्य आउदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।

पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छोडेको सर्वसाधारणहरु बताउँछन् । फोनमा हेलो हेलो गर्दा गर्दै फोन कट्दा आफूहरु निकै समस्यामा परेको जाजरकोट नलगाड नगरपालिकाबासीको गुनासो रहेको छ । जाजरकोटको अधिकांश ठाउँमा नेपाल टेलिकमको टावरहरु रहेपनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिकहरु पीडा सुनाउछन् ।

वर्षामा आकाशमा बादल देखिन बित्तिकै टावर बन्द हुने , हिउदमा फोन नै नबुझिने समस्यले गर्दा आफूहरु हैरान भएको बारेकोट-४ का जयलाल बोहराले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ५४ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र