२० मंसिर २०८२, शनिबार | December 6, 2025

सत्ता गठबन्धनका नेताहरू लैनचौर पुगेपछि एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्षले भने- कुटनीतिक मर्यादाविपरीत



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू भारतीय दुतावासमा पुगेपछि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियु अध्यक्षमा सुदेश पराजुलीले विरोध जनाएका छन् ।

स्वदेश फर्कन लागेका भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा सहभागी हुन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू मंगलबार साँझ लैनचोर पुगेका थिए ।

तर, सत्ता गठबन्धनकै घटक समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले फेसबुकमा भनेका छन्, ‘सामान्य कर्मचारी बिदाइमा दुतावास गएर रात्रिभोजमा सरिक हुने कुरा कुटनीतिक मर्यादाविपरीत छ ।’ यस्ता क्रियाकलापबारे नेता, नेतृत्व सदैब आलोचना गर्नुपर्ने उनले बताएका छन् ।

‘मर्यादाविपरीत भोजले नेताहरू स्वयंको भोक मेटाउँदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पु¥याउँछ,’ उनले लेखेका छन् ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ५० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय