१० पुस २०८२, बिहिबार | December 25, 2025

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद



झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गएराति भारतबाट नेपाल भित्रँदै गरेको आर जे १८ जी वी ३७२१ नंको कन्टेनरलाई जाँचका क्रममा भन्सार गरेको कागजात नभेटिएपछि कन्टेनर चालक शिशराम गोर्सीसहित सवारीलाई नियन्त्रणमा लिइएको हो ।

कन्टेनरमा २० लाख मूल्य बराबरको बिस्कुट रहेको र सवारीको मूल्य २५ लाख गरी ४५ लाख मूल्यसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ०६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न