१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका



काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्‍याएको छ ।

‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत धेरै जसो जिल्लामा पुस्तिका नै बनाएर एमाले सरकारको पालामा भ्रष्टचार भएको भन्दै पुस्तिका बनाएर गाउँ पुर्‍याएको हो ।

‘विपक्षी दलहरूले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषय र खासगरी एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यती काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिसनका खोप आउन नसकेको कुरा, कोरोनाकालमा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताबीचमा उजागर भएका छन्,’ सो अभियानका बारेमा कांग्रेसले भनेको छ, ‘कतिपय जिल्लामा नेपाली कांग्रेसका सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको छ ।’

सो अभियान अन्तर्गत तत्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी दुई–दुई पटक गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको कांग्रेसको निष्कर्ष छ ।

एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न सो अभियान सफल भएको पनि कांग्रेसको दावी छ । ‘हाम्रो आफ्नो माग अनुरुप अमेरिकाले ५०० मिलियन डलर (६० अर्ब रुपैया भन्दाबढी)को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा संसदबाट पारित गरिएकोले नेपालको अन्तर्राष्ट्रिय साख पनि अभिबृद्धि गरेको छ’ कांग्रेसको निष्कर्ष छ, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेशमन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाई दिएका छन्, नेपालको अन्तर्राष्ट्रिय साःख अभिबृद्धि भएको छ ।’

कांग्रेसको सो अभियानका गत २९ फागुनवाट सुरु गरेर चैत २९ गते समापन भएको थियो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार ६ हजार ७ सय ४३ वटा वडामा नै कांग्रेसका नेताहरू पुगेर पार्टीको पक्षमा माहौल सिर्जना गराउन सफल भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ४३ बजे

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान

नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको शालिक अनावरण

नेपालगन्ज । नेपाल मै पहिलो पटक नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका