५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं । नुवाकोट, अर्घाखाँची, भोजपुर र नवलपरासी (पूर्व)मा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–२ सिउडेनीमा मंगलबार बा ३ क १६६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ११ वर्षीया स्मृती तामाङ रहेकी छन् । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ बेलहापुलस्थित खेतमा लु ४ त ६१६८ नम्बरको ट्रयाक्टर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बस्ने २३ वर्षीय तिरन जिसि रहेका छन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा प्र १–०२००३ त २२४९ नम्बरको ट्रयाक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी ९पूर्व०को देवचुली नगरपालिका–१४ मा बा।प्र ३–००३ प २०४८ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा घर भएका ३३ वर्षीय धन बहादुर रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : २४ बजे

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी