६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

ओखलढुंगा जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो



काठमाडौं । ओखलढुंगामा बोलेरो जीप दुर्घटनामा परी मर्नेको संख्या तीन पुगेको छ । मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान जीप दुर्घटनामा परेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा१७च १०९४ को डबल क्याप बोलेरो सडकबाट १५० मिटर तल खस्दा तीन प्रहरी कर्मचारीको मृत्यु भएको हो ।

बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी जवान रुपन विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल घाइते भएका हुन् ।

उनीहरूलाई स्थानीय मेडिकलमा उपचारपश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकाेप्टरबाट लगिएको छ । प्रहरी नायब निरीक्षक धनराज खतिवडा भने स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : ५१ बजे

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौंं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’