१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एक अर्ब बढीको लागतमा रुपन्देहीको मणिग्राममा खुल्यो एनजी मार्केट



बुटवल । रुपन्देहीको मणिग्राममा एक अर्ब बढीको लागतमा एनजी मार्केट खुलेको छ । आईएनजी ए सपिङ कम्प्लेक्स प्रालिले मार्केट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।

तिलोतमा नगरपालिका वडा नं. ५ राधाकृष्ण टोलमा सञ्चालनमा आएको मार्केट वैशाख १ गते देखि औपचारीक सुरु हुने छ । तीन चरणमा सञ्चालन हुने मार्केटमा पहिलो चरणमा वैशाख १ गतेदेखि घरायसी सामानहरु खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सम्पूर्ण समानहरु रहेको अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । साथै एकैपटक चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेन्ट पनि सञ्चालनमा आउने छ ।

दोसो चरणमा लेडिज तथा जेन्सहरुका लागि आवश्यक बुटिकका सामानहरु देखि लिएर लेजिड एण्ड जेन्स पार्लर, कस्मेटिकलगायतका पसलहरु रहेको मार्केट सञ्चालनमा आउने छ । यो मार्केट वैशाखको अन्त्यमा सञ्चालनमा आउने छ ।

तेस्रो चरणमा घर, होटल, अफिसलगायतका स्थानहरुमा आवश्यकपर्ने फर्निचरका समानहरुको सोरुमको सुभारम्भ गर्ने तयारी रहेको प्रालिका अध्यक्ष नारायण बन्जाडेले बताए । तेस्रो फनिचर सोरुम सञ्चालनमा आउन थप ३ महिना लाग्ने उनले बताए ।

वैशाख १ गतेबाट अनौपचारिक रुपमा मार्केट सञ्चालनमा आए पनि यसको समुद्घाटन कार्यक्रम भने मार्केट पूर्ण रुपमा सञ्चालनमा आएपछि गरिने प्रालिका अध्यक्ष बन्जाडेले बताए ।

एकै छानामुनि सबै प्रकारका समानहरु पाइने यो नेपालकै ठुलो मार्केट रहेको उनले दाबी गरे । दुई लाख स्क्वारफुट क्षेत्रफल रहेकोमा ८० हजार स्क्वारफुट क्षेत्रफलमा मार्केट रहेको छ । ८० हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको यो नै पहिलो मार्केट रहेको उनले दाबी गरे । मार्केट फुलफेजमा सञ्चालनमा आउँदा २ सय जनाले रोजगारी पाउने उनले बताए ।

हाल मार्केटमा एक सय जनाले रोजगारी पाएका छन् । मार्केटबाट ग्राहकले घरमै बसी बसी सुविधा लिन सक्ने बन्जाडेले बताए । कम्पनीले घर घरमै पुगेर पनि सेवा दिने गरी काम गर्न गैरहेको उनले बताए ।

एउटै छानामुनि रहेको यो मार्केट जिल्लाको लागि एउटा साइटसिन पनि बन्न सक्ने उनले दाबी गरे । विभिन्न जिल्लाहरुबाट अवलोकन भ्रमणका लागि आउने आन्तरिक पर्यटकहरुका लागि अवलोकन गर्न मिल्ने खालको मार्केट बनेको उनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ३६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू