१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एक अर्ब बढीको लागतमा रुपन्देहीको मणिग्राममा खुल्यो एनजी मार्केट



बुटवल । रुपन्देहीको मणिग्राममा एक अर्ब बढीको लागतमा एनजी मार्केट खुलेको छ । आईएनजी ए सपिङ कम्प्लेक्स प्रालिले मार्केट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।

तिलोतमा नगरपालिका वडा नं. ५ राधाकृष्ण टोलमा सञ्चालनमा आएको मार्केट वैशाख १ गते देखि औपचारीक सुरु हुने छ । तीन चरणमा सञ्चालन हुने मार्केटमा पहिलो चरणमा वैशाख १ गतेदेखि घरायसी सामानहरु खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सम्पूर्ण समानहरु रहेको अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । साथै एकैपटक चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेन्ट पनि सञ्चालनमा आउने छ ।

दोसो चरणमा लेडिज तथा जेन्सहरुका लागि आवश्यक बुटिकका सामानहरु देखि लिएर लेजिड एण्ड जेन्स पार्लर, कस्मेटिकलगायतका पसलहरु रहेको मार्केट सञ्चालनमा आउने छ । यो मार्केट वैशाखको अन्त्यमा सञ्चालनमा आउने छ ।

तेस्रो चरणमा घर, होटल, अफिसलगायतका स्थानहरुमा आवश्यकपर्ने फर्निचरका समानहरुको सोरुमको सुभारम्भ गर्ने तयारी रहेको प्रालिका अध्यक्ष नारायण बन्जाडेले बताए । तेस्रो फनिचर सोरुम सञ्चालनमा आउन थप ३ महिना लाग्ने उनले बताए ।

वैशाख १ गतेबाट अनौपचारिक रुपमा मार्केट सञ्चालनमा आए पनि यसको समुद्घाटन कार्यक्रम भने मार्केट पूर्ण रुपमा सञ्चालनमा आएपछि गरिने प्रालिका अध्यक्ष बन्जाडेले बताए ।

एकै छानामुनि सबै प्रकारका समानहरु पाइने यो नेपालकै ठुलो मार्केट रहेको उनले दाबी गरे । दुई लाख स्क्वारफुट क्षेत्रफल रहेकोमा ८० हजार स्क्वारफुट क्षेत्रफलमा मार्केट रहेको छ । ८० हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको यो नै पहिलो मार्केट रहेको उनले दाबी गरे । मार्केट फुलफेजमा सञ्चालनमा आउँदा २ सय जनाले रोजगारी पाउने उनले बताए ।

हाल मार्केटमा एक सय जनाले रोजगारी पाएका छन् । मार्केटबाट ग्राहकले घरमै बसी बसी सुविधा लिन सक्ने बन्जाडेले बताए । कम्पनीले घर घरमै पुगेर पनि सेवा दिने गरी काम गर्न गैरहेको उनले बताए ।

एउटै छानामुनि रहेको यो मार्केट जिल्लाको लागि एउटा साइटसिन पनि बन्न सक्ने उनले दाबी गरे । विभिन्न जिल्लाहरुबाट अवलोकन भ्रमणका लागि आउने आन्तरिक पर्यटकहरुका लागि अवलोकन गर्न मिल्ने खालको मार्केट बनेको उनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ३६ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी