४ पुस २०८२, शुक्रबार | December 20, 2025

आइपिएल : मुम्बईको पाँचौ हार



काठमाडौं । पन्जाब किङ्ससँग बुधबार राति १२ रनले पराजित भएसंगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ।

पुनेमा १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४३ रनको योगदान गरे ।

पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ७० रन बनाए । यस्तै कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गरे । मुम्बईका बसिल थाम्पीले २ विकेट लिए ।

जितसँगै पन्जाब ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । मुम्बईले ५ खेलबाट बिना अंक पुछारमा छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको