८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपालमा १ खर्व वा ५० अर्वको ऋण लिएर योजना बनाउँदा १० अर्व भन्दा बढी कमिशन खाने प्रचलन छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले  विगतका वर्षहरुले जनता र देशकालागि के कती योगदान गर्यो त्यस विषयमा समिक्षा गर्नुपर्ने बताएका छन् । नयाँ वर्षका अवसरमा होटल पौवाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ वर्षले देशको अर्थतन्त्रलाई बलियो बनाएर नेपाली युवाहरु विदेशमा राजगारीका लागि जानु नपर्ने वातावरण बनाउन शुभकामना दिए ।

प्रदेश प्रमुख शेरचनले विगतमा नेपालमा रहेका सबै ठुला होटलहरु राजपरिवारको मात्र अधिपत्य रहने गरेकोमा पछिल्लो समय जनताका छोरोछोरीहरुले पनि होटल संचालन गरेर रोजगारी सृजना गर्न सक्ने भएको उल्लेख गरे । उनले प्रकृतिले दिएको अनुपम उपहारलाई उपयोग गर्नसके विश्वभरी नेपाललाई चिनाउन सक्ने बताउँदै नेपालमा विगतका शाशकहरुको कारण देशमा भएका खानीहरु र खनिज पदार्थहरु उत्खनन् हुन नसकेको बताए ।

उनले भारत र चीनसँगै स्वतन्त्र भएपनि जाहनीया शाशानका कारण नेपालले प्रगती हासिल गर्न नसकेको बताए । ‘२ र ३ वर्षको फरकमा हामी स्वतन्त्र हुँदा नेपालको मुद्रा, अनाज, अर्थतन्त्र भारत र चीन भन्दा बलियो थियो, चीन विश्व कै धनी बन्दै छ, भारत नेपाल भन्दा धेरै अगाडी पुगी सक्यो,’ उनले भने, -‘नेपालमा भने गरिवको संख्या झनभन्दा झन थपिँदै गएको छ, यो किन ?’ २४० वर्षको राजतन्त्रको जगले देश अगाडी बढ्न नसकेको उनको भनाई छ ।

५ वर्षको फरकमा आउने जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी बन्नु पर्ने बताउँदै शेरचनले जनता बाहेक अरु छैन भन्ने सोंच्न सके मात्र नेपालमा गरिबी उन्मुलन हुन सक्ने बताए । उनले जनप्रतिनिधहरुलाई लक्षित गर्दै विगतमा सामान्य अवस्थामा रहेका व्यक्तिहरु काठमाडौंमा ठुला महलको मालिक बन्दै गएको बताए । ‘अमिक शेरचनले बाउबाट २० बिगाहा अंश पाएको हो, आज डेढ बिगाहामा सिमित छ, तर हिजो गाँउको समान्य मान्छेका काठमाडौंमा ३-४ रोपनी जग्गामा ठुला ठुला महल छन् , त्यो कसरी सम्भव भयो ?’ उनले प्रश्न गरे, ‘मैले पनि देशको सेवा गरें, जमिन घट्यो, तीनले पनि देशकै सेवा गरें भन्छन् तर महलहरु खडा भए । खोई कताबाट भयो ? मलाई थाहा छैन ।’

उनले एकले अर्काको खुट्टा तान्ने, अगाडी बढ्न नदिने र स्वतन्त्र भएर मुल्यांकन गर्न नसक्दा गरिबीबाट देशले मुक्ति पाउन नसकेको पनि बताए । ‘७० खर्ब ऋण छ, जन्मदा नै ऋण बोकेर जन्मनु पर्छ,’ उनले भने, – ‘ऋणबाट गरिएको उत्पादनको प्रतिफल नेपाली जनताले पाउन सकेका छैनन् ।’

नेपालमा १ खर्व वा ५० अर्वको ऋण लिएर योजना बनाउँदा १० अर्व भन्दा बढी कमिशन खाने प्रचलन रहेको आरोप लगाए । कमिशनै कारण नेपालका आयोजनाहरु बलियो र भरपर्दो नहुने गरेको शेरचनले बताए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै होटल पौवाका संचालक गणेशचन्द्र पोखरेलले होटल पौवाको मिशन हन्ड्रेड कार्यक्रमले ५ हजार बढीलाई रोजगारी प्रदान गर्ने दाबी गरे । उनले व्यवसायसँगै पौवाले नेपाली कला र संस्कृतिको सम्बद्र्धन गर्दे गएको बताउँदै होटलले नेपाली हस्पिटालिटीको विकास गरेको जानकारी दिए ।

कार्यक्रममा कलाकार निशान भट्टराई, बोनिका प्रधान लगायतका कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ९ : २८ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा