१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

विपद्का दृष्टिले वर्ष २०७८ : ५०७ जनाको मृत्यु, ७७ जना बेपत्ता र साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति



काठमाडौं । विपद्का विभिन्न घटनाले गतवर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष विपद्का घटनाबाट देशभर ५०७ जनाले ज्यान गुमाएका छन् ।

२०७८ वैशाख १ गतदेखि चैत ३० गतेसम्मको अवधिमा देशभर भएका ३ हजार ९०८ वटा विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पको टोकाई, आगलागी, हावाहुरी, जनावरको आक्रमण, महामारी ९कोरोना वाहेक०, हिउँहुरी, हिउँ पहिरो, लेक लागेर, डुंगा दुर्घटना जस्ता विपद्का घटनामा परी उनीहरुको ज्यान गएको हो ।

गतवर्ष विपद्का घटनामा परी ७७ जना बेपत्ता र १ हजार ७८१ जना घाइते भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट गतवर्ष ६ हजार १४४ परिवार प्रभावित भएका थिए ।

केन्द्रका अनुसार २०७८ सालमा विपद्का घटनाले देशभर २ अर्ब ६१ करोड २८ लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्ष २०७७ मा विपद्का घटतनामा परी देशभर ५९४ जनाको मृत्यु, १०२ जना बेपत्ता र १ हजार १७२ जना घाइते भएका थिए । उक्त वर्ष विपद्का घटनाले २ अर्ब २ करोड ५४ लाख ४८ हजार ६६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

गत २०७८ सालमा सबैभन्दा ठूलो मानविय क्षति पहिरोका कारण भएको छ । पहिरोमा परी गतवर्ष १८२ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ सालमा आगलागीमा परी ९४, चट्याङ लागेर ५६, बाढीमा परी ६३, जनावरको आक्रमणमा परी ४८, भारी वर्षाका कारण २२, सर्पको टोकाइबाट २१, हावाहुरीबाट ३, महामारीबाट ४, हिउँ हुरीबाट ४, लेक लागेर ३, हिउँ पहिरोबाट २, डुंगा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो ।

गतवर्ष विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीबाट भएको देखिन्छ । आगलागीले २०७८ सालमा २ अर्ब २६ करोड ८७ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गतवर्ष भारी वर्षाले १२ करोड ९० लाख ४४ हजार १२० रुपैयाँ, बाढीले ११ करोड ५३ लाख ९१ हजार ५ सय रुपैयाँ र पहिरोले ३ करोड ४६ लाख रुपैयाँको आर्थिक क्षति गरेको थियो ।

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १ : ४२ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा