१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी प्रदेश सरकारले पत्रकारलाई बेवास्ता गरेको अनुभुती भयो : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारले पत्रकारहरुलाई बेवास्ता गरेको बताएका छन् । मुख्यमन्त्री कार्यालयले नयाँ वर्षका अवसरमा सञ्चारको सबलिकरण विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले पत्रकारहरुको गुनासो सुन्दा प्रदेश सरकारले पत्रकारहरुलाई बेवास्ता गरेको आफुले अनुभुती गरेको बताए ।

संगै रहेका प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी तर्फ फर्केर प्रदेश प्रमुख शेरचनले भने -‘प्रदेश सरकारले पत्रकारलाई बेवास्ता गरेको मलाई अनुभुती भयो । अब नहोस् ।’ उनले पत्रकार बिना सत्ता कान नसन्ने र आँखा नदेख्ने बन्न जाने पनि बताए ।

उनले पहिलो संबिधानसभाको निर्वाचनबाट बनेको संबिधान जारी गर्न नदिएर जनतको अधिकार कुण्ठित पारिएको पनि बताए । ‘पहिलो संबिधानसभामा तयार भएको संविधान जारी गर्न सकिएको भए जनताले धेरै अधिकार उपभोग गर्न पाउँथे ।’ उनले भने, -‘पहिलो संबिधानमा भएका धेरै प्रावधान पछिल्लो सभाले बनाएको संबिधानमा हटाईएको छ, जसका कारण जनताको अधिकार कटौती भएका छन् ।’

कार्यक्रममा बोल्दै प्रदेशसभाका सभामुख पुर्ण घर्तीले नयाँ वर्षमा सत्ताले दम्भ नदेखाउन र प्रतिपक्ष सकारात्मक आलोचक बन्न शुभकामना दिए । सभामुख घर्तीले विधेयकहरु निर्माण गर्दा सरकार आफै संबेदनशिल बन्नु पर्ने उल्लेख गर्दै जस्कालागि बिधेयक बनाउने हो, उसैलाई बिधेयक लेख्न दिने परिपाटी गलत भएको बताए । ‘सञ्चार बिधेयक पत्रकारले ड्राफ्ट गर्ने, निजामती बिधेयक निजामती कर्मचारीले गर्ने र खरिद ऐन ठेकेदारले ड्राफ्ट गर्ने परिपाटीले राम्रो बिधेयक बन्दैन ।’ उनले भने, ‘यो सरकारले सोंच्ने कुरा हो ।’

मुख्यमन्त्री कुलप्रसाद केसीले यो वर्ष संघीयता कार्यान्वयनको समिक्षाको वर्ष भएको बताए । उनले ३ तहको संरचना कार्यान्वयन हुन नदिने तत्वको खोजी गर्न जरूरी रहेको बताउँदै संबिधानमा लेखिएको संघीयता कार्यान्वयन गर्न व्यवस्था गरिएको बित्त आयोग कस्का कारणले नबेनेको हो ? त्यसको पहिचान गर्न आवश्यक रहेको बताए । उनले संबिधानको कार्यान्वयनमा अन्तरबिरोध रहेको समेत खुलाए ।

शिक्ष पत्रकार समुहका अध्यक्ष कृष्ण मल्लले पत्रकारलाई सरकारको कमजोरी केलाएर आलोचना गर्न सक्ने बनाउनु नै सञ्चारको सबलिकरण भएको बताए । सरकारको गुनगान गाउन लगाएर सबलिकरण नहुने मल्लको भनाई छ ।

कपिल्वस्तु पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले आफु महासंघको सभापति भएरपनि पारिश्रमिक नलिएर काम गर्न बाध्य भएको बताए । उनले आफुले काम गरेको मिडिया हाउसले पैसा नदिई आफुलाई काम गराएको खुलासा गरे । उनले मिडिया हाउसको नाम नै तोकर भने -‘म नागरिक र दैनिकपत्रमा काम गर्छु, दुबैले मलाई पैसा दिएका छैनन् ।’

 

 

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १० : ०६ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत