२१ भदौ २०८३, आइतबार | September 6, 2026

माओवादी बैठक : एकतावद्ध भएर चुनावमा केन्द्रित बन्न प्रचण्डको निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहदेखि प्रदेश र संघसम्म नेपाली कांग्रेस लगायतका दलहरुसँग तालमेल गरेरै जाने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले तालमेलका बारेमा साझेदार दलहरुसँग आवश्यक छलफल गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह चुनावका लागि गठबन्धन दलहरुसँग तालमेलका बारेमा भैरहेको छलफलबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए । त्यस क्रममा स्थानीय तहदेखि प्रदेश र संघसम्मै कांग्रेस लगायतका दलहरुसँग तालमेल गरेरै अघि बढ्ने बारेमा प्रचण्डले जोड दिएका छन् ।

प्रचण्डले नेताहरुमार्फत पार्टी पंक्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशन पनि दिएका छन् । परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन, गठबन्धन दलहरुबीच तालमेल नभएको अवस्थामा पनि एमालेसँग तालमेल नगर्न पनि प्रचण्डले निर्देशन दिएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनको समयमा पार्टी प्रवेशको लहर चलेको जनाउँदै प्रचण्डले त्यसक्रममा पार्टीमा प्रवेश गरेकाहरुलाई केन्द्रदेखि तल्ला कमिटीसम्म उचित भूमिका दिनुपर्ने भएकाले सबै कमिटीको हाल निर्धारित संख्या बढ्न सक्ने जनाएका थिए ।

 

 

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : २९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका