१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

निर्वाचनको बहानामा खेलकुदका गतिविधि रोकिनु हुँदैन : टंकलाल घिसिङ, सदस्यसचिव, राखेप



कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङिग्रने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति लिन सकेन । खेलकुदमा उपलब्धि भन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रहयो । संघीय सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै नयाँ सदस्य सचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो । पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो । मंसिरमा संघीय सरकारले सदस्यसचिवको जिम्मेवारी दिएपछि रमेश सिलवाल अदालत जाँदा चार महिना खेलकुदको सर्वोच्च निकाय निमित्तको भरमा चल्यो ।

कोभिड–१९ महामारीका कारण थलिएको नेपाली खेलकुद छिटफुट केही प्रतियोगिता भएपनि सरकारी क्यालेण्डरमा रहेका प्रतियोगिता हुन सकेनन । गण्डकीमा तय भएको नवौं राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले नवौं राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ । यो तेस्रो पटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो । चीनमा हुने एशियन गेम्स हुन पाँच महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागी विषयमा कुनै छलफल पनि हुनसकेको छैन । सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुनसकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन । यही विषयको सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङसँग कुराकानी गरेको छ ।

अदालतको फैसलापछि सदस्यसचिवको रुपमा पुनः काम गर्न फर्किनुभएको छ । नयाँ साल सुरुवात हुँदैछ, जिम्मेवारीका साथ आउनुभएको छ, के के छन एजेण्डाहरु ?

गत मंसिरमा सदस्यसचिवमा नियुक्त भएसँगै मैले एजेण्डा सार्वजनिक गरिसकेको थिएँ । अहिलेको एजेण्डा भनेको चार महिना पदवाहली हुँदा सर्वाजनिक गरिसकेको छु । भर्खरै नियुक्त भएको सदस्यसचिव होइन । मलाई सकारले मंसिर १३ गते नै नियुक्त गरको हो । १४ गतेबाट कार्यक्रम आरम्भको चरणमा पुगेको पनि हुँ । त्यसपछि अवस्था र वातावरण मिलेको थिएन । मेरो कार्यकालमा त्यो चार महिना अगाडि घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न लागि पर्छु । अहिले मुल रुपमा लामो समयदेखि राष्ट्रिय खेलकुद हुन नसकेको अवस्थामा गण्डकी प्रदेशमा आयोजना हुने गरी निर्णय गरिएको छ । अदालतको निर्णयअघि नै पदमा आउँदा मैले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी पनि मेरो प्राथमिकतामा परेको छ । त्यही अन्तर्गत नवौं राष्ट्रिय खेलकुदको पनि मिति तय भएको छ । म नेपाल सरकारप्रति कृतज्ञ र अभार छु । साथै धन्यवाद दिन चाहन्छु । अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने होमिन आग्रह गर्न चाहन्छु ।

 

मुख्य रुपमा अगाडि सार्नुभएका दुई प्रतियोगिताको अवधि निकै छोटो छ, कसरी सम्पन्न गर्ने योजना बनाउनुभएको छ ?

विश्वभर फैलिएको कोरोना महामारीले खेलकुद क्षेत्रसँगै अन्य क्षेत्रलाई नै अस्तव्यस्त बनायो । यद्यपि पनि केही संघहरुले राष्ट्रिय प्रतियोगिता गरिरहेका थिए, छन । केही खेलले अन्तर्राष्ट्रिय सहभागिता पनि जनाएका छन । देश संघीय संरचनामा गइसके अनुसार प्रदेश र स्थानीय तहमा खेलकुदका गतिविधि सञ्चालन भइराखेका छन । सबै बाहिर आएका छैनन । उहाँहरुले गरेको प्रतियोगिता जोडेर तयारी थाल्छौं । कतिपय प्रदेशले टिम बनाइसक्नु भएको छ भने कतिपयले बनाउन बाँकी छ । यो बाटोलाई खुलाउँदै राष्ट्रिय प्रतियोगिताको लागि तयारीमा जुटनेछु । नवौं राष्ट्रिय खेलकुदको लागि मिति तय भइसकेको अवस्था छ । हामीले नै प्रश्ताव गरेको मितिमा क्याबिनेट (मन्त्रिपरिषद) ले पारित गरेको छ । लामो समयदेखि तयारी गरिरहेका खेलाडीले प्रतियोगिताको पर्खाइमा छन । खेलाडीले प्रतियोगिता कहिले हुन्छ भन्दै कुर्दा खेलाडी नै थाकिसकेका छन । ती थाकिसेका खेलाडीलाई नयाँ ताजकि दिनका लागि भए पनि प्रतियोगिता चाँडो भन्दा चाँडो गर्न आवश्यक छ । देशमा आउँदै गरेको निर्वाचनलाई बहाना बनाउनु हुँदैन । स्थानीय तयको निर्वाचन पश्चात प्रदेश र केन्द्रको आउँछ । कहिलेसम्म निर्वाचनको बहाना बनाउने । यस्तै विषयले खेलकुदका गतिविधि रोकिनु हुँदैन । राजनितिक दलहरुलाई चुनव लागिरहेको अवस्थामा खेलकर्मीहरुलाई राष्ट्रिय खेलकुद लाग्छ । खेलबाट नै राष्ट्रलाई खेलकुदमय बनाउन लाग्नेछौँ ।

 

नयाँ खेलकुद ऐन लागू भइसकेको छ, ऐन बने पनि धेरै नियमावली बन्न बाँकी छ । यसले पूर्णता कहिले पाउला ?

हामी यसको जिम्मेवार निकाय हौँ । यसबारेमा हामीले सम्बन्धित निकायमा पेश गरिसेका छौं । नियामक निकाय, युवा तथा खेलकुद मन्त्रालयले ड्राफ्ट बनाएर अर्थ र कानूनमा सहमतिका लागि पठाइसकिएको छ । सहमति हुनासाथ क्याबिनेटमा पेश गरेपछि यसले अन्तिम रुप पाउनेछ । तर नियामवलीकै कारण ऐन कार्यन्वयनका निमित्त ठूलो समस्या हुँदैन । ऐन जारी भइसकेको छ । त्यसमा टेकेर काम गर्न सकिने भएकाले काम गर्न कठिन हुनेछैन ।

 

समय छोटो छ । काम धेरै गर्नु पर्नेछ । यसमा धेरै व्यवस्थापनका काम पनि उत्तिकै छन । सँगै प्राविधिक कुराहरु पनि जोडिन्छन । बोर्डले पूर्णता पाउने विषय, सदस्यसचिवको कार्यक्षेत्र सिमित हुँदा कतै काम गर्दा ऐन बाधक बन्छ की बन्दैन ?

ऐनका ती दफाबार व्यवस्थाहरुलाई म सम्मान गर्छु । संस्थागत अपनत्व नै मूल विषय हो । व्यक्ति त्यो संस्थाले गरेका निर्णयहरुलाई कार्यन्वयन गर्ने पात्र मात्र हो । म यहाँ कार्यकारी प्रमुखको रुपमा नियुक्त भएको छु । स्वभाविक रुपमा खेलकुदलाई रितपूर्वक चलाउन नियम हुन्छ । परिषद चलाउन पनि एउटा नियम हुन्छ । पछिल्लो समय दुई विषयलाई ऐनले व्यवस्था गरेको छ । एउटा सदस्य सचिव आफैँ संयोजक रहेको कार्यकारिणी समिति, जसले धेरै निर्णय गर्नसक्छ । दैनिक कार्य सम्पादनदेखि केही महत्वपूर्ण निर्णय लिनसक्छ । बैठक डाक्नका लागि २४ घण्टा अगाडि सूचना दिएर जति बेला पनि बस्न सकिनेछ भन्ने ऐनमा छ । म संस्थागत तरिकाले चालउँछु । व्यक्तिगत रुपमा म समस्या देख्दिन । म आफैँ संयोजक रहँदा चाहेको अवस्थामा बैठक बोलाउन सकिन्छ । अर्को भनेको परिषदको बैठक वैशाख १० गते भित्र राख्न माननीय मन्त्री समय प्रश्ताव राखिसकेको छु । अहिलेलाई यति भनेँ । मन्त्रीज्यूको परामर्शमा छिट्टै परिषदको बैठकको मिति आह्वान गर्छु । तर परिषद कसरी पूर्णता दिने कसरी दिने भन्ने ऐनले सदस्य सचिवको क्षेत्राधिकारमा छैन । सदस्य सचिवको परिषदको पूर्णता भनेको मन्त्री ज्यू र क्याबिनेटबाट हुने हो । लामो समयदेखि हुन नसकेको परिषदको बैठकले बोलाउन प्रयास गर्छु । झन्डै २०७५ सालदेखि हुन नसकेको परिषदको बैठकबाट परिषदको चलाइरहेका छौं, सदस्य सचिवले कार्यसम्पादन गरी राखेका छौँ । यो कुरा रितपूर्वक, ऐन पूर्वक छैन । बैठक बस्दा राम्रो हो । कसले ग-यो, किन ग-यो भन्नेमा जानु भन्दा पनि बैठक राख्नु मेरो प्रयास हुनेछ ।

 

नयाँ सरकारको आगमनसँगै राखेपको नेतृत्वमा पनि परिवर्तन भएको छ । पदावधि चार वर्ष भन्दै नियुक्त गरिएपनि नयाँ सरकारले परिवर्तनले असर पार्ने देखियो । चार वर्षे कार्यकाल पूरा गर्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

सरकार परिवर्तनसँगै सदस्य सचिवको परिवर्तन समान्य रुपमा पनि लिनुहोला । यसअघि के भयो र कसरी कार्य सम्पादन गर्ने भन्ने विषयमा छलफल नगरौं । ऐन र कानूनले निर्देश गरे अनुसार म कार्यसम्पादनमा लाग्नेछु । कहिलेसम्म रहन्छ भन्ने भन्दा पनि खेलकुदमा मैले राम्रो गरेर अगाडि बढने हो । नयाँ सरकार बनेर कानूनपूर्वक मूल्याङकन गर्नुहुन्छ र कानूनपूर्वक गरेको मूल्याङकनलाई अन्यथा लिनुभएन । खेलकुद क्षेत्रमा लामो समय बिताएको हिसावले म खेलकुद क्षेत्रको विकासका लागि काम गर्छु ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ४४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम