१६ असार २०८३, मंगलबार | July 1, 2026

नेपालगन्ज रङ्गशालाको भाडादर पुनःविचार गर्ने सदस्य सचिव घिसिङको प्रतिबद्धता



नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बाँकेको नेपालगञ्ज रङ्गशालामा प्रस्तावित भाडादरका विषयमा पुनःविचारका लागि प्रस्ताव राख्ने बताएका छन् ।

आज नेपालगञ्ज रङ्गशाला एथ्लेटिक्स सेन्थेटिक ट्रयाक शिलन्यासमा उनले रङ्गशालाको परिचालन र व्यवस्थापन दुवै पक्षलाई मिलाएर लैजान आवश्यक भएको बताउँदै परिषद् बैठकमा भाडादरका विषयमा आफूले पुनःविचारका लागि प्रस्ताव राख्ने बताए ।

नेपालगञ्जमा रहेको रङ्गशालामा खेल अभ्यासका लागि मात्रै पनि तोकिएको भाडादर नै चर्को भएको प्रसङ्गमा उनले कुनै पनि ठाउँको रङ्गशालालाई निःशुल्क रुपमा प्रयोग गर्न नपाइने स्पष्ट पारे ।

उनले भने “धेरै लगानीमा रङ्गशाला निर्माण गरिएको हुन्छ । रङ्गशालामा लगाइएको घाँस, पानी लगायतका विषय सुरक्षाका दृष्टिकोणबाट ध्यान दिन आवश्यक हुन्छ । तर रङ्गशाला प्रयोगका लागि चर्को भाडाको विषयमा पुनःविचारको प्रस्तावलाई मैले परिषद्मा पेस गर्नेछु ।”

सेन्थेटिक ट्र्याक निमार्णका लागि राखेपले प्रतिक्षा कन्ट्रक्सन प्रालिलाई जिम्मा दिएको छ । रु ११ करोड ६४ लाख ६४ हजार एक सय ४० लागतमा निर्माण हुन गइरहेको उक्त सेन्थेटिक ट्र्याक १० महिनामा सम्पन्न हुने राखेप सदस्य सचिव घिसिङले जानकारी दिए । खेल र खेलाडी दुवैलाई जोगाइ राख्नका लागि खेलकुद विकास समितिले न्यूनतम भाडा लिनुपर्ने उनले बताए ।

नेपालगञ्ज रङ्गशालाभित्रका संरचना प्रयोगविहीन बनिरहेको प्रसङ्गमा राखेप सदस्य सचिव घिसिङले स्थानीयस्तर र प्रादेशिकस्तरको खेलकुदका कार्यक्रम आयोजना लागि आफूले प्रदेश खेलकुद परिषदलाई आग्रह गर्ने प्रतिबद्धता जनाए । यसका साथै उनले केन्द्रीयस्तरका प्रमुख खेललाई पनि नेपालगञ्जको रङ्गशालामा खेलाइनका लागि आफूले प्रयास गर्ने बताए ।

लुम्बिनी प्रदेशका खेलाडी हरेक खेलमा अब्बल रहेको बताउँदै उनले खेल क्षेत्रमा लुम्बिनी प्रदेशले इतिहास रचेको पनि बताए । एथ्लेटिक्स खेलका लागि लुम्बिनी एउटा उर्वरभूमि भएको बताउँदै राखेप सदस्य सचिव घिसिङले यस प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन सकिने सम्भावना रहेको पनि बताए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ४ : २७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी