३० बैशाख २०८१, आइतबार | May 13, 2024

वनमा लागेको डढेलोले घर र मतान जले



खोटाङ । वनमा लागेको डढेलोले खोटाङमा घर र मतान जलेका छन् । घर नजिकैको ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलोको झिल्कोले शुक्रबार खोटेहाङ गाउँपालिका-४ बड्कादियालेका भिमबहादुर कार्कीको घर र अर्जुन तामाङको मतान जलेका हुन् ।

कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा एक लाख रुपैयाँ र तामाङको ढुंगामाटोले बनेको फुसको छानो भएको मतान जल्दा करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, अगेनाबाट सल्किएको आगोले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका रत्नबहादुर श्रेष्ठको घर जलेको छ । श्रेष्ठको दुई तले घर जल्दा अन्दाजी १ लाख ७० हजार रुपैयाँ बराबरको क्ष्ति भएको छ ।

गाईवस्तुका लागि खोले पकाउन बालेको आगोले बराहपोखरी गाउँपालिका-५ पौवासेराका प्रदीप राईको मतान र १५ वटा बाख्रा जलेका छन् । बाख्राको खोर र डेराका रुपमा प्रयोग भइरहेको बाँसको टाँटीले बारेको जस्ताको छाना हालिएको मतान र बाख्रा जल्दा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : १५ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट