६ पुस २०८२, आइतबार | December 21, 2025

माओवादीले जिते मात्र संविधान र गणतन्त्र जोगिन्छ : प्रचण्ड



देवचुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र बचाउनका लागि गठबन्धन आवश्यकता भएको बताएका छन ।

आज नवलपुरको देवचुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संकटमा परेको गणतन्त्र बचाउनकै लागि चुनावमा समेत गठबन्धनको आवश्यकता परेको बताएका हुन् । स्थानीय चुनाव माओवादीका लागि ठूलो लडार्इं भएको भन्दै प्रचण्डले भने, ‘माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्छ ।’ सबैले चनाखो भएर पार्टीलाई जिताउन लाग्नुपर्ने भन्दै उनले त्यसका लागि नेता कार्यकताहरु गम्भीर भएर लाग्नुपर्ने जनाए ।

प्रचण्डले माओवादी हारे परिवर्तनले ल्याएका सबै अधिकार गुम्न सक्ने बताउदै चुनावमा प्रतिगामी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।

सबैतिरबाट एक्लिएपछि ओली चटके बन्दै हिँडेको बताउँदै वामपन्थी एकता केपी ओलीले ध्वस्त पारेको आरोप समेत लगाए। आफू अल्पमतमा परेपछि अदालतको सेटिङमा नेकपा पार्टी भङ्ग गरेको आरोप समेत उनले लगाए ।

प्रचण्डले भने, ‘जुन उद्देश्य साथ नेकपा गठभएको थियो, ओलीको दम्भका कारण विघटन भयो । अहिले उनी सबैतिरबाट एक्लिएपछि राप्रपा कमल थापाको शरणमा पुगेका छन् ।’

अध्यक्ष प्रचण्डले भमिहिन किसानलाई ३ महिनामा २० हजार पुर्जा बाँढेको बताउँदै बाँकी भुमिहिनलाई पनि छिटै पूर्जा वितरण गर्ने कार्य अघि बढेको जनाए।

अध्यक्ष प्रचण्डले अब २ दिनभित्र महानगर र उपमहानगरको टुङ्गो लाग्ने बताउँदै अबको चुनावमा गठबन्धन एक भएरै जाने दाबी गरे ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ०७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको