४ पुस २०८२, शुक्रबार | December 20, 2025

रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी



काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ ।

युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे ।

सातौं मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२ औं मिनेटमा रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २-१ मा झारे । पुक्कीले ५२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए

तर खेलको ७६ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई तीन अंक दिलाए ।

रोनाल्डोको यो क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो । साथै रोनाल्डो ६०औं ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको