१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

डिआर बिल्डर्स एण्ड मेकर्सले भेट्यो ईन्जिनियर र निर्माण व्यवसायी, आफ्नो उत्पादन प्रयोग गर्न आग्रह



बुटवल । डि.आर बिल्डर्स एण्ड मेकर्स प्रालिले आफ्नो उत्पादन बारे जानकारी दिने लक्ष्यसहित रुपन्देहीका ईन्जिनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको छ ।

जर्मन प्रविधि प्रयोग गरि उत्पादन गरिएको ईपिएस कंक्रिट ब्लकको उत्पादन बारे जानकारी दिन कम्पनीले रुपन्देहीका ईन्जिनियर र निर्माण व्यवसायीहरुसंग भेटघाट गरेको हो ।

घर निर्माणमा उपयोगी ईट्टाको बिकल्पमा ईपिएस कंक्रिट ब्लक उत्पादन शुरु भएको कम्पनीले दाबी गर्दै आएको छ । ईट्टा र एएसी ब्लकको विकल्पमा ईपिएस कंक्रिट ब्लक नेपाली बजारमा उत्पादन शुरु गरिएको संचालक दिनेशमणि श्रेष्ठले बताए । ईपिएस कंक्रिट ब्लकबाट घर बनाउदा बाहिरी तापक्रमलाई ब्यवस्थापन हुने हुदा चिसो मौसममा न्यानो र गर्मी मौसममा सामान्य रहन्छ । यो हल्का हुनुको साथै ध्वनी प्रतिरोधक समेत छ । उनले भने – यसले धेरै चिसो वा धेरै तातो ठाउमा पनि घरभित्रको वातावरणलाई नियन्त्रणमा राख्छ । नेपालको हिमाली, पहाडी र तराइ गरि ३ मौसमलाई नै घर निर्माण गर्दा फाईदा मिल्ने उनले बताए ।

उनले कोभिड १९ को संक्रमणकै कारण २०७६ सालमा स्थापना भएको उद्योगको उत्पादन करिब ढाई वर्ष ढिलो गरि बजारमा ल्याउनुपरेको दुखेसो गरे । बुटवल उपमहानगरपालिका १९ पथ्थरगंजमा ईपिएस कंक्रिट ब्लक उत्पादन हुँदै आएको छ । ढुगा, ईटा हुँदै अब यो ब्लकको जमाना आएको छ । उनले भने – सिमेन्टको आयु बराबर नै यसबाट निर्माण भएको घरको आयु रहन्छ ।

उद्योगमा अध्यक्ष डाक्टर राजन अमात्यसहित यस क्षेत्रमा नाम कमाएका उद्योगीहरु रंजन कसजु, ध्रुव श्रेष्ठ, ओम अमात्य, मनोज अमात्य र दिनेशमणि श्रेष्ठको उद्योगमा लगानी छ ।

प्रालिका अध्यक्ष डा.राजन अमात्य रसियामा कार्डियोलोजीमा अध्ययन गर्ने सिलसिलामा त्यहाका रहनसहन, संस्कार बुझ्दै जादा यहाका घरहरुको बारेमा ज्ञान प्राप्त गरेकै कारण नेपालमा ब्लकको उत्पादन सुरु गरिएको बताइएको छ । न्यून तापक्रम हुने त्यहाका घरहरुको बनावट बारे बुझे । वातावरण मैत्री घर र न्यून बजेटमा बनाउनेबारे जानकारी बटुलें । अध्यक्ष अमात्यले भने, – ईपिएस कंक्रिट ब्लकबाट घर बनाउदा बाहिरी तापक्रमलाई ब्यवस्थापन हुने देखिएपछि नेपालमा उद्योग स्थापना गरियो ।

निक्कै कम तापक्रम हुने रसिया होस या अत्याधिक गर्मी हुने दुबईमा लोड ब्यारिङ प्रविधिमा विदेशमा घर निर्माण हुने अमात्यले बताए । उद्योगको प्रत्येक आठ घण्टामा ८० क्युबिक मिटर उत्पादन क्षमता रहेको छ ।

हाल उद्योगमा २५ स्थानियहरुले रोजगार पाएको बताए । उनका अनुसार यो यी ब्लकहरु ननलोड व्यारीङ निर्माण सामाग्री हो । यसको प्रयोग साधारण घर, कलकारखाना, व्यावसायिक भवन, बहुउद्धेश्यीय भवन, कोल्ड स्टोर्स आदिमा प्रयो गर्न सकिन्छ ।

बजारमा नयाँ उत्पादन भएता पनि समय अनुसार माग बढ्दै गएको कम्पनीको दाबी छ ।

२४ ईन्च लम्बाई ८ ईन्च उचाइ र ४, ६ र ८ ईन्च मोटाईका ३ प्रकारका उत्पादन सुरु गरिएको डा. अमात्यले बताए । निर्माण सम्पन्न भएको अवस्थामा अन्य सामाग्री प्रयोग गरेर बनाइएको संरचना भन्दा कम मुल्यमा निर्माण सम्पन्न हुने उनले बताए । साथै भविष्यमा हुने उर्जा खपत पनि उल्लेखनिय रुपमा कमि हुन आउने कुरा उनले बताए ।

यसअघि सुर्खेत, नेपालगंजमा समेत कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा रुपन्देही जिल्ला भरिका करिब २ सय जना इन्जिनियर तथा निर्माण व्यवसायी सहभागी भएका थिए । पुजा अमात्यको सहजिकरणमा भएको कार्यक्रममा संचालक दिनेशमणि श्रेष्ठको प्रस्तुतिकरण रहेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ०७ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट