७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते



काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रीत भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना चालक सहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ बर्षीय गोपाल पुन र ४२ बर्षीया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बेतनीबाट गुमीतर्फ आउदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टीएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११