६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

चितुवाको छाला र खप्परसहित चारजना पक्राउ



काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चित गेष्ट हाउसबाट चारजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चागुनारायण–५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउँकोको खप्पर एक थान, चार थान मोबाईल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : ५४ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार