२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

६ खेल अघि नै पीएसजीलाई फ्रेन्च लिगको उपाधि



काठमाडौं । दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ११ औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।

शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जितेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ ।

खेलको १२ औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१ औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्‍याे ।

पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि रक्षा गर्न सफल भयो ।

योसँगै यसै सिजन बार्सिलोनाबाट फ्रान्स झरेका स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च लिगको पहिलो उपाधि हात पारेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५६ बजे

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय