५ पुस २०८२, शनिबार | December 20, 2025

रियल मड्रिड र एट्लेटिको विजयी



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् ।

एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे । ५२ औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुन: गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।

यसअघि खेलको ७१ औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६० अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।

अर्को खेलमा रियलले सेभियालाई ३-२ अन्तरले पराजित गर्‍याे । घरेलु मैदानमा सेभियाले २-० को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्यभयो ।

रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १-१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १-१ गोल गरे ।

जितपछि रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको