२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

रियल मड्रिड र एट्लेटिको विजयी



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् ।

एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे । ५२ औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुन: गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।

यसअघि खेलको ७१ औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६० अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।

अर्को खेलमा रियलले सेभियालाई ३-२ अन्तरले पराजित गर्‍याे । घरेलु मैदानमा सेभियाले २-० को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्यभयो ।

रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १-१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १-१ गोल गरे ।

जितपछि रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५८ बजे

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय