२६ असार २०८३, शुक्रबार | July 10, 2026

महानगर र उपमहानगरको भागवण्डा मिलाउन सत्ता गठबन्धन बैठक जारी



काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेको सत्ता गठबन्धनका पाँच दलबीच भागवण्डाको विषय भने अझै मिल्न सकेको छैन ।

उम्मेदवारी मनोनयन दर्ताको दिन नजिकिँदै जाँदा गठबन्धन दलहरुलाई सिट बाँडफाँडबारे निर्णय गर्नैपर्ने
अवस्था आइसकेकोछ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको दिन तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेको बैठकमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा कुन दलले कति पाउने र कहाँ कहाँ पाउने भन्नेबारेमा छलफल भैरहेको छ । बैठकमा गठाबन्धनका शीर्ष नेताहरुसहित निर्वाचन तयारी समितिका नेताहरु समेत समेल भएका छन् ।

स्थानीय तहको सिट बाँडफाँडका लागि आइतबार बसेको बैठक ठोस निस्कर्ष निकाल्न नसकी सकिएको थियो ।

 

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : २७ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी